१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानविरुद्ध रेखा बेन्चमा, रश्मीलाई जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १७:o३:oo

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्ध पहिलो खेलका लागि प्रशिक्षक राजेन्द्र तामाङले पहिलो एघार सार्वजनिक गरेका छन्।

उनले राष्ट्रिय महिला लिगमा नाै खेलमा १८ गोल गरेकी रश्मीकुमारी घिसिङलाई अग्रपंक्तिको जिम्मेवारी दिएका छन्। रश्मीलाई सविता रानामगर र अमिषा कार्कीले साथ दिनेछन्।

युएईको अबुधाबी काउन्ट्रीमा अनुबन्ध भएकी रेखा पौडेल भने बेन्चमा छिन्। उनी शुक्रबार मात्रै टोलीसँग जोडिएकी हुन्। सावित्रा भण्डारी भने उपलब्ध हुने छैनन्। उनी दोस्रो खेलमा टोलीसँग हुनेछिन्। 

प्रशिक्षक तामाङले कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोस्टको जिम्मेवारी दिएका छन्। रक्षकमा गीता राना, पूजा राना, अमृता जैशी र हिराकुमारी भुजेल छन्। मिडफिल्डमा पूर्वकप्तान रेनुका नगरकोटेसँगै सरू लिम्बू र प्रीति राई छन्। 

नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो। पाँचपटक फाइनलमा पुगेर उपाधिबाट टाढा भएको नेपाल यसपटक घरमै उपाधि जित्ने योजनामा छ। खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ।