१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १o:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा एक युवतीमाथि गोली प्रहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १o:४o:oo

 बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्ध नगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बुटवल ११ मा बस्ने युवतीमाथि गोली चलेको  जानकारी दिए । कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ ।

उनको कम्मरमाथि गोली लागेको छ । पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल ११ बुद्धनगर बस्दै आएकी थिइन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेको प्रहरी खोजीका लागि नेपाल भारत सीमा नाकामा कडाइ गरेको छ ।