१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा पुरुष मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार o९:१९:oo

सल्यानमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका ४ पुखातमा शुक्रबार साँझ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत फेला परेका पुरुष बागचौर नगरपालिका ४ का  अन्दाजी ५५/५६ वर्षीय डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिए।

उनका अनुसार वली छोराको ससुरालीमा तिथिको भात खान शुक्रबार बिहान पुगेका थिए । उनी फर्किने क्रममा घरदेखि आधा घण्टा टाढाको दुरीमा चोटपटक नलागेको अवस्थामा बाटोमै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको  उनले बताए। वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।