Skip This
हचुवा र तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Thursday, 19 September, 2024
२o८१ भदौ ३१ सोमबार २१:२४:oo
Read Time : < 1 मिनेट
समाचार

हचुवा र तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार २१:२४:oo

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा, तथ्यहीन र बतासे कुराको प्रचारबाजीमा नलाग्न युट्युबरहरूलाई चेतावनी दिएका छन्। अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरेका हुन्।

सोमबार काउन्सिलमा आयोजित कार्यक्रममा उनले युट्युब र अनलाइन सञ्चारमाध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुनेसमेत बताए। ‘सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ। हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो,’ अध्यक्ष बस्नेतले भने।

मिडियाका गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको र सोही कारण काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रूपमा बहस चलाएको उनको भनाइ छ। काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशव्यापी बनाउने निर्णय भएको थियो। युट्युबसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो।

प्रेस काउन्सिलले पछिल्लो समयमा एक पक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्प्रेषण गर्ने युट्युबसहितका मिडियालाई कानुनी कारबाही गर्दै आएको छ।