नारायणीमा नुहाउन गएका ज्येष्ठ नागरिकको डुबेर मृत्यु

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण
नारायणीमा नुहाउन गएका ज्येष्ठ नागरिकको डुबेर मृत्यु

फाइल फाेटाे

पूर्वी नवलपरासीमा नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर एकजना ज्येष्ठ नागरिकको निधन भएको छ। 

नवलपुरको गैँडाकोट नगरपालिका– १ आदर्शटोलस्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा गैँडाकोट– १ गंगानगर टोल बस्ने ९३ वर्षीय टंकनाथ कँडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरले जनाएको छ। 

भाइटीकाको दिन दिउँसो नदीमा नुहाउने क्रममा निधन भएका कँडेलको शव साँझ प्रहरी नदीबाट निकालेर  पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो। पोस्टमार्टमपछि उनको शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार