काठमाडौंको पैयौँटारस्थित भीमबाबु केसीको घरबाट आठजना जुवाडेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जुवा खेलिरहेको विशेष सूचना पाएपछि गएको प्रहरी टोलीले बुधबार मध्यराति जुवाखालबाटै उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
जुवा खालबाट १६ थान कौडा र दुई लाख ८६ हजार ६ सय ८० रुपैयाँ बरामद गरिएको पनि एसपी मैनालीले जानकारी दिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ ।