निमेष निखिललाई देवकोटा स्मृति सम्मान

मंगलबार, ८ कार्तिक, २०७९
डिजिटल संस्करण

साहित्यकार निमेष निखिललाई देवकाटा स्मृति सम्मान प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा निखिललाई सम्मान गरिएको हो । 

साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब नवलपरासीको संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा निखिललाई निखिल १० हजार नगदसहित सम्मान गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका– ११ नवलपुरस्थित त्रिभुवन मावि परिसरमा देवकोटाजयन्तीको अवसर पारेर प्रत्येक वर्ष विविध साहित्यिक कार्यक्रमसहित एकजना स्रष्टालाई सम्मान गर्ने गरेको क्लबका अध्यक्ष दीपक सिवाकोटीले जानकारी दिए । 

निखिललाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तुल्सी थापाले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित मकवानपुरे साहित्यकारहरूले महाकवि देवकोटाका कविता वाचन गरेका थिए ।

सुझावित समाचार