माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर– ११ क्वाङीखोलामा  माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर– ११ बाघखोलीनिवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
 

See More On

सुझावित समाचार