साहित्यकार सीता भट्टराईको महाकाव्य धराकर्षण सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ जगत् उपाध्यायलगायत साहित्यकारहरूले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा महाकाव्य सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा जीवेश चाम्लिङ राईले सार्वजनिक कृतिको ३१औँ सर्ग सांगीतिक लयमा वाचन गरेका थिए । त्यस्तै, समालोचक धर्म पोखरेलले साहित्यकार भट्टराईको व्यक्तित्व तथा कृतित्वमाथि चर्चा गर्दै सार्वजनिक कृतिको समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रह्लाद पोखरेल, हेमनाथ पौडेल, देवी नेपाल, चन्द्रप्रसाद न्यौपाने, पुरुषोत्तम दाहाललगायत वक्ताले महाकाव्यबारे टिप्पणी गरेका थिए ।