विजय गच्छदार, प्रभु साहलगायत नौ उम्मेदवारलाई राहत

उम्मेदवारी खारेजको माग सर्वोच्चबाट खारेज

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट खारेज गरेको हो। 

सुनसरी- ३ बाट उम्मेदवारी दिएका कांग्रेसका गच्छदार, चितवन- २ का राप्रपा उम्मेदवार विक्रम पाण्डे, मनाङबाट उम्मेदवारी दिएका कांग्रेसका टेकबहादुर गुरुङ, सिराहा- १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, तनहुँ -१ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशी, रौतहट -३ का स्वतन्त्र उम्मेदवार प्रभु साह, महोत्तरी -१ की एमाले उम्मेदवार लक्ष्मी महतोलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्यले रिट दायर गरेका थिए। 

सुझावित समाचार