हराउन नसक्ने भएपछि ओलीले टिकट दिएनन्

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका नेता भीम रावलले आफूलाई कुनै हालतमा पराजित गर्न नसक्ने भएपछि उम्मेदवारी रोकिएको खुलासा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई हराउन नसक्ने भएपछि अध्यक्ष केपी ओलीले चुनावको टिकट नदिएको बताएका हुन्।

‘अछाममै रहेको वेला मलाई उम्मेवारी नदिने भन्ने अछामकै व्यक्तिबाट फोनमा जानकारी दिन लगाइयो। तैपनि मैले धैर्यतापूर्वक पार्टीको औपचारिक निर्णयको प्रतीक्षा गरेँ,’ उनले भने, ‘अध्यक्ष ओलीनिकटका मानिसबाट अछाममा मैले चुनाव जित्ने वा हार्ने स्थितिबारे सोधखोज गर्दा हराउन नसकिने निष्कर्षमा पुगेपछि मेरो उम्मेदवारी नै रोकेको कुरा पनि सुनियो।’

सुझावित समाचार