डेथ अफ सेल्सम्यानले छोयो

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण
डेथ अफ सेल्सम्यानले छोयो

अनुप बराल, नाट्यकर्मी

पुस्तक वार्ता

सुरुवाती दिनमा साथीहरूले नै पुस्तक दिन्थे । त्यतिवेला आफूसँग पैसा हुँदैनथ्यो । मन परेको पुस्तक किन्न पनि सम्भव थिएन । कतिपय पुस्तक बुबाको लाइब्रेरीबाट छानेर पढ्थेँ । बिस्तारै पैसा आर्जन हुन थाल्यो । त्यसपछि आफैँ पुस्तक किन्न थालेँ । बजारमा समीक्षा आएको आधारमा पनि पुस्तक किन्छु । पुस्तक पसल जाँदा लेखकको नाम हेर्छु र मन प¥यो भने किन्छु । खल्तीमा पैसा छ भने सबै पुस्तक किनेर सक्छु । १० हजार गोजीमा छ भने सबै पुस्तकमै खर्च हुन्छ । 

आर्थर मिलरका नाटकले मलाई छुन्छ । यी नाटक पढ्दा अहिले पनि आँसु निकाल्छ । ‘डेथ अफ सेल्स म्यान’ मलाई सबैभन्दा मन परेको नाटक हो । यसमा पुँजीवादी मान्छेले कसरी सपना देख्छ र सपनाको मूल्य कसरी चुकाउँछ भन्ने विषयलाई मिठो रूपमा देखाइएको छ । 

आश्वासन धेरै, तर केही पनि सुनिश्चित नभएको समाजमा बस्नुको अर्थ के हो ? यस विषयलाई ध्यानमा राखेर मिलरले यो नाटक लेखेका छन् । सफलताका लागि सबैसँग समान अवसर छैन भन्ने उनलाई थाहा थियो ।

पुँजीवादी समाजमा सफल हुनका लागि मानिसले कस्तो मूल्य चुकाउनुपर्छ, त्यसलाई यो नाटकमा निकै भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । थुप्रै पटक यो नाटक पढेँ । अझै पनि यसले छुन्छ । यो नाटक नेपाली पुँजीवादी व्यवस्थासँग मिल्दोजुल्दो छ । अझै पनि मलाई यो नाटकले छुन्छ । 

See More On

सुझावित समाचार