बाजुराको बोर्तामा पहिरोले १११ परिवार विस्थापित

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको पूर्वीउतरी भेगमा रहेको हिमाल गाउँपालिका– ४ बोर्तामा निरन्तर वर्षाका कारण पहिरो जाँदा एक सय ११ परिवार विस्थापित भएका छन्।

लगातार अविरल वर्षाको कारण जमिन भासिनुका साथै माथिबाट पहिरो जान थालेपछि एक सय ११ घरपरिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताए ।  विस्थापित परिवार घर छोडेर गाउँनजिकैको डाँडामा रहेको मन्दिरमा  बसेको उनले बताए । 

बाटो अवरुद्ध भएका कारण गाउँपालिकाबाट तत्काल उपलब्ध गराउने राहत सामग्री पुर्याउन निकै अफ्ठ्यारो भइरहेको उनले बताए । अफ्ठ्यारो परिस्थितिमा पनि उद्धारको कार्य भइरहेको उनले बताए । अहिलेसम्म मानवीय क्षति भने नभएको जनाइएको छ । 

See More On

सुझावित समाचार