३ प्रश्न

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

प्रमुख दलहरूले गरेको टिकट वितरणलाई कसरी हेर्नुभएको छ ?
दलहरूले अहिले गरेको टिकट वितरणमा कुनै नयाँपन छैन । तिनै ‘आउटडेटेड’, भिजनविहीन, पुराना अनुहारहरू नै प्रायः दोहोरिएका छन् । युवाले खासै अवसर पाएका छैनन् । सबैलाई चित्त बुझाउने ढंगले टिकट वितरण गरिएको छ । नेतृत्वको चाहनाअनुसार आफ्ना मान्छे छानेर टिकट दिएको देखिन्छ । यसले पार्टीलाई गतिशील बनाउन सक्दैन । 

प्रमुख दलहरू र सबैजसो गठबन्धनभित्र असन्तुष्टि देखिन्छ नि ?
पार्टीभित्र सामान्य ङार्रङुर्र गरिएको मात्र हो यो । यसले समग्र राजनीतिमा कुनै तात्विक अन्तर ल्याउन सक्दैन । खासगरी, यतिखेर कुनै पनि दल ‘सिस्टम’मा चलेका छैनन् । नेतृत्व सन्तुलनकारी छैन । उसमा सबैलाई मिलाउन सक्ने क्षमता र चाहना दुवै छैन । नेतृत्वमा आफू काम बिगार्ने र अरूमाथि दोष थोपर्ने प्रवृत्ति छ । त्यसैले, यस्तो असन्तुष्टि देखिएको हो ।

पछिल्लो समय देखिएको गठबन्धन संस्कृतिलाई कसरी हेर्नुभएको छ ?
यो गठबन्धन कुनै सैद्धान्तिक होइन । खालि सबै मिलेर सत्तामा कब्जा जमाऔँ र खानपिन गरौँ भन्ने मानसिकताले यो गठबन्धन बनेको हो । एजेन्डा र सिद्धान्तविहीन यस्तो गठबन्धनले देश र जनतालाई फाइदा पु¥याउँदैन । उल्टै यसले देशलाई दिशाहीन तुल्याउने खतरा हुन्छ । आगामी निर्वाचनपछि गठबन्धनभित्रैबाट हामीमाथि यो वा त्यो पार्टीले अन्तर्घात ग¥यो, हामीलाई हराइयो, हामीमाथि धोका भयो भन्ने आवाज सुनिने निश्चित छ । 

सुझावित समाचार