मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिका– २ कान्द्राङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। प्रहरी चौकी कान्द्राङले दिएको जानकारीअनुसार मनहरी गाउँपालिका– ६ घर भएका अन्दाजी ४० वर्षका मनोज राईको मृत्यु भएको हो।

राक्सिराङ– ९ धुरुस्थित ससुराली बस्दै आएका राई शुक्रबार साँझ घरबाट निस्केकोमा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। मादक पदार्थ सेवन गरी घरबाट निस्किएका उनी ससुराली घरबाट दक्षिणतर्फ दुई किलोमिटर पर धुरु भिरबाट लडी मृत अवस्थामा फेला परेका अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार