टिकट पक्का भएपछि लोसपा नेता मियाँ एमाले प्रवेश

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार बिहान मियाँलाई बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्दै मियाँले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य लड्ने पक्का भएको बताए । उनले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट पक्का भएपछि एमाले प्रवेश गरेको बताए ।

मियाँ केपी शर्मा ओलीको नेतृत्वको सरकारमा १८ दिने युवा तथा खेलकुदमन्त्री  बनेका थिए । बारा क्षेत्र नम्बर ४ मा एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरीको प्रतिनिधिसभा सदस्यमा एकल नाम सिफारिस भएको  छ । 

यसअघि पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि बारा– ४ बाट प्रतिनिधिसभा सदस्य लड्ने चर्चा चलेको थियो । खनाल काठमाडौं– ६ मा प्रतिनिधिसभा सदस्य लड्ने पक्का भएपछि मियाँ एमाले प्रवेश गरेका हुन् ।

सुझावित समाचार