नेपाल आउँदै सन्दीप, १० बजे आत्मसमर्पण गर्ने

विमानस्थल प्रहरी अलर्ट

बिहिबार, १९ असोज, २०७९
डिजिटल संस्करण

किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दै छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र 
आत्मसमर्पण गर्ने जनाएका छन् ।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’

सुझावित समाचार