फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

शुक्रबार, १४ असोज, २०७९
डिजिटल संस्करण

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ । आँधी र बाढीले विद्युत्, सञ्चार, खानेपानी, यातायातलगायत आधारभूत सेवाहरू अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको छ ।

आँधीबाट २५ लाखभन्दा बढी मानिस प्रभावित छन् । आँधीपछिको बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन् । आँधी आइरहेका वेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ जाँदै गरेको एउटा डुंगा डुब्दा २३ जना हराइरहेका छन् ।

झन्डै २४१ किलोमिटर प्रतिघन्टाको गतिमा आएको आँधीले गराएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कफ्र्युु घोषणा गरिएको छ । बुधबार बेलुका ६ बजेबाट सुरु भएको कफ्र्यु अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने काउन्टीले जनाएको छ । आँधीबीच विभिन्न ठाउँमा लुटपाट र हिंसाका घटना भएका छन् । 
 

See More On

सुझावित समाचार