३ प्रश्न

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

भिभिआइपीको सवारीले अस्तव्यस्त आवागमनलाई लिएर सर्वसाधारणबाट उठेको आक्रोशलाई कसरी लिनुभएको छ ?
सोमबारदेखि काठमाडौंको आवागमन प्रभावित छ । सडकमा सवारीसाधनको घन्टौँ लामो जाम छ । विद्यालयका विद्यार्थीदेखि अस्पतालका बिरामीसम्मले सास्ती खेपिरहेका छन् । यस विषयमा सर्वसाधारणको चर्को आक्रोश छ । यो स्वाभाविक पनि लाग्छ । यो अब बदलिन जरुरी छ । थोरै कोसिस गरे बदल्न सकिन्छ । 

यस्तो अव्यवस्थालाई कसरी बदल्न सकिएला त ?
विदेशमा भिभिआइपीको सवारी रुटबारे सार्वजनिक रूपमै पूर्वसूचना दिइन्छ । यस्तो पूर्वसूचना पाएमा सर्वसाधारणले पूर्वतयारी गरी फरक रुट प्रयोग गर्न या आफ्नो कार्यक्रम परिवर्तन गर्न पनि सक्छन् । हामीकहाँ कतिपय चाडपर्वको समयमा यस्तो अभ्यास गरिँदै आएको पनि छ । यत्ति गर्न सकियो भने पनि सर्वसाधारणले कम सास्ती पाउँछन् । 

भिभिआइपीको सुरक्षामा त सम्झौता गर्न  सकिन्न नि होइन र ?
‘सुरक्षा थ्रेट’ विश्लेषणका आधारमा पनि आवागमनलाई सहज बनाउन सकिन्छ । जस्तो धेरै नै सुरक्षा ‘थ्रेट’ देखिन्छ भने त्यस्ता भिभिआइपीलाई ‘एयर लिफ्ट’ गर्न सकिन्छ । त्यस्तो छैन भने सडकको दुई लेन पब्लिकका लागि र बाँकी दुई लेन भिभिआइपी सवारीका लागि छुट्याउन पनि सकिन्छ । 

सुझावित समाचार