वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलंकामा रेमिट्यान्स बढ्यो

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानकायराले बिदेसिएका श्रीलंकालीहरूबाट प्राप्त रेमिट्यान्सले आर्थिक संकटमा परेको देशमा राहत मिलेको बताएका छन्।

रेमिट्यान्स अगस्टसम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको उनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। उनले वैदेशिक रोजगारीमा गएका श्रीलंकालीबाट प्राप्त रेमिट्यान्स पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए। उनले गत जुलाईको तुलनामा अगस्टमा रेमिट्यान्स १४.६ प्रतिशतले बढेको जानकारी दिए।

उनले रेमिट्यान्स पठाउने व्यक्तिलाई विशेष धन्यवाद दिएका छन्। ‘देश आर्थिक संकटमा परेका वेला विदेश पुगेका नागरिकहरूबाट प्राप्त रेमिट्यान्सका लागि विशेष धन्यवाद छ,’ मन्त्री नानकायराले, भनेका छन।

गएको वर्षदेखि आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरूको संख्या बढ्दै गएको पाइएको छ। यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बिदेसिएका छन्।

सुझावित समाचार