विद्युत् प्राधिकरण र महानगरबीचको पछिल्लो कर र शुल्क विवाद के हो ?
खासमा यो कुनै विवाद होइन । दुई संस्थाबीच समन्वय नहुँदा विवादजस्तो देखिएको मात्र हो । प्राधिकरणलाई हामीले दिनुपर्ने रकम दुई अर्ब भनिएको छ । तर, केकेको बक्यौता भनिएको हो, यकिन छैन । हामीलाई चाहिँ उहाँहरूले १५ करोड तिर्न बाँकी छ ।
यस्तो विषयमा दुई सरकारी संस्थाबीच टसल हुनु ठिक हो त ?
यो टसल नै होइन । गत सोमबार मात्रै प्राधिकरणका कर्मचारी र हामीबीच स्मार्ट स्ट्रिट लाइट योजनाबारे छलफल भएको थियो । तर, त्यहाँ यो महसुल बक्यौताबारे कुनै कुराकानी भएन ।
प्राधिकरणलाई ताकेता गर्ने महानगर आफूले चाहिँ सडक बत्तीको पैसा तिर्नुपर्दैन त ?
हामीले नतिर्ने भनेका छैनौँ । यसबारे मेयरसाबले पनि भनिसक्नुभएको छ । महानगर झिलिमिली पार्न प्राधिकरण चाहिन्छ । हामी एकअर्काबीच समन्वय गरेर अघि बढ्नुपर्छ । यसमा विवाद गर्नुको कुनै अर्थ छैन । हामी दुवै संस्थाका प्रतिनिधि बसेर यसलाई छिटै टुंग्याउँछौँ ।