३ प्रश्न

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सय दिनमा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छ ? 
पहिलो कुरा त सय दिन भन्ने कन्सेप्ट नै संसदीय प्रणालीले सुरु गरेको अभ्यास हो । सय दिनलाई हनिमुन पिरियड पनि भन्ने गरिन्छ । तर, यसलाई स्थानीय तहसित जोड्न मिल्दैन । स्थानीय तह प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार हो । यसमा हरेक दिनको काम काउन्ट हुन्छ । 

हाल महानगरका मेयर अवैध संरचना भत्काउन आफैँ हिँडिरहेका छन्, यो कस्तो अभ्यास हो ?
मेयरको काम फिल्डमा कुद्ने होइन, पोलिसी बनाउने हो । तर, हामीकहाँ फिल्डमा कुदेको छ भने मात्र यसले काम गरिरहेको छ भन्ने देखिन्छ । हाल मेयर मोबिलिटी देखाउन हिँडेका हुन् भन्न सकिन्छ । यसबाट महानगरका हाँगाले राम्ररी काम गरेका छैनन् भन्ने देखिन्छ ।

महानगरका मेयरले आगामी दिनमा कसरी काम गर्नुपर्ला ? 
अब नीति–निर्माणमा ध्यान दिएर काम गर्नुपर्छ । महानगरमा सिंगो महानगरवासीलाई आश्वस्त तुल्याउने नीति बन्नुपर्छ । नीतिले सबैलाई आकर्षण गरोस् । महानगर महानगरवासीको सेवामा समर्पित छ भन्ने प्रस्ट देखियोस् । 
 

सुझावित समाचार