कर्बाडीवासीको पीडा : फोन गर्न अग्लो ठाउँ खोज्नुपर्ने बाध्यता

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण

हुम्ला र बाजुरा जिल्लाको सिमानाको कर्बाडीका स्थानीयलाई सञ्चार सेवा प्रयोग गर्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ। नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगरेपछि फोन गर्नकै लागि उनीहरूलाई अग्लो ठाउँमा मोबाइल झुन्ड्याएर राख्नुपर्ने बाध्यता छ।

मुगु जिल्लाको डुमनामा राखिएको टावरले राम्रोसँग काम नगरेपछि कुरा गर्नकै लागि अग्लो स्थान खोज्नुपर्ने बाध्यता परेको ताजाँकोट गाउँपालिका– १ की बिमसरी खड्काले गुनासो गरिन्। दुई जिल्लाको सीमा क्षेत्रमा सरकारले माेबाइल टावरको व्यवस्था नगर्दा नागरिक मारमा परेका छन्।

बाजुरा र हुम्ला दुवै जिल्लाबाट टेलिफोन टावरका लागि खासै चासो नभएपछि आफूहरूलाई सञ्चार सेवा उपभोग गर्न सकस भएको ताजाँकोट गाउँपालिका– १ कै हरिबहादुर खड्काले बताए। ‘अग्लो डाँडाकाँडामा गएर आफन्तसँग फोन गर्नुपर्छ,’ उनले भने। सम्बन्धित निकायले टावर निर्माणमा चासो नदेखाउँदा कर्बाडीका व्यवसायी र प्रहरीलाई समेत समस्या भएको छ।

सुझावित समाचार