वीर अस्पताललाई १० वटा डायलाइसिस मेसिन थन्किएका छन्, यसबारे अनुगमन गर्नुभएको छैन ?
हामीले अनुगमन गरेका छैनौँ । तर, अत्यावश्यक भएको भनी माग आएकाले राज्यको ढुकुटी खर्चिएर खरिद गरिएका मेसिन त्यसरी विनाप्रयोग अलपत्र राख्न पाइँदैन । त्यहाँ माग भएर नै डायलाइसिस मेसिन दिएका थियौँ । प्रयोगमा नल्याउनु अस्पताल प्रशासनको कमजोरी हो ।
अस्पतालले प्राविधिक समस्या देखाएको छ, तपाईंहरूले जडान गरिदिने प्राविधिकचाहिँ नदिनुभएको हो ?
दरबन्दीअनुसार त्यहाँ पनि आवश्यक दक्ष प्राविधिक छन् । यदि ती प्राविधिकले जडान गर्न नसके हामीलाई उहाँहरूले खबर गर्ने हो । तर, बिरामीको चाप अत्यधिक भइरहने ठाउँमा त्यसरी मेसिन थन्क्याउने होइन । यसलाई तत्काल जडान गरेर सेवा सुचारु गर्नुपर्छ ।
बाकसभित्रै बन्द अवस्थामा रहेका ती मेसिन अब कहिले जडान होलान् र सर्वसाधारणले सेवा पाउलान् त ?
जडान र प्रयोग उहाँहरूले नै गर्ने हो । तर, यसबारे हामी सोमबार नै अनुगमन गर्छौँ । अहिले डायलाइसिसका बिरामीले उपचार नपाइरहेको अवस्था छ । यस्तो अवस्थामा भएका उपकरण प्रयोगविहीन त रहनैहुँदैन ।