मुख्य सचिवदेखि सचिवहरूमा कोरोना संक्रमण

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

सिंहदरबारमा कार्यरत सचिवहरूमा कोरोना संक्रमण देखिन थालेको छ । मुख्यसचिव शंकरदास बैरागीलाई गत शुक्रबार कोभिड संक्रमण पुष्टि भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी कोभिड संक्रमणका कारण एक साताभन्दा बढी समयदेखि अस्पतालमा छन् । 

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, गृहसचिव टेकनारायण पाण्डे पनि संक्रमित भएका छन् । 

सुझावित समाचार