दैलेखको ग्वाँटीमा भारी वर्षा

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

दैलेखको ग्वाँटी र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । 
जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घन्टामा ग्वाँटीमा ८७.६ मिलिमिटर र कट्टीमा ४१.८ मिलिमिटर वर्षा भएको जनाएकाे छ । 

अत्यधिक वर्षा मापन भएकाले सो क्षेत्र भई बग्ने खोला तथा नदीहरूमा आकस्मिक बहाव हुने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले तटीय क्षेत्रहरू तथा पहिरो जान सक्ने भिरालो जमिनहरूमा बुधबार बिहानसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 
 

सुझावित समाचार