सरकारले बहुप्रतिक्षीत पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारी-पत्र स्वीकृत गरेको छ ।
लगानी बोर्डको आज सोमबार बसेको बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी –६(एसआर ६) संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि थप अध्ययन गर्न विकासकर्ता कम्पनीसँग गरिने समझदारी-पत्र स्वीकृत गरेको हो ।
सरकारले सार्वजनिक-निजी साझेदारी अवधारणाका आधारमा सो आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीलाई जिम्मा दिएको हो । लामो समयसम्म अस्ट्रेलियाको स्मेक कम्पनी र पछिल्लोपटक चिनियाँ कम्पनीले जिम्मा लिए पनि पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढ्न सकेको थिएन । सो आयोजना पश्चिम नेपालको आर्थिक समृद्धि र विकासको आधारका रूपमा लिइएको छ ।
बोर्डका प्रवक्ता एवं सहसचिव अमृत लम्सालका अनुसार ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको आवश्यक तयारी अगाडि बढाउन लगानी बैठकले बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले तीनसय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् परियोजनाको अध्ययनका लागि हिमताल हाइड्रोपावर कम्पनीलाई सर्भेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा समेत बैठकले निर्णय गरेको छ । बैठकले नेपालमा दिगो पूर्वाधार विकासमा लगानी प्रवर्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर दोस्रोसाता सस्ट्यानेबल इन्फ्रास्टकचर इन्भेस्टमेन्ट फोरम २०२२ आयोजना गर्ने निर्णय गरेको प्रवक्ता लम्सालले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण–३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनालाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएको थियो । यसमा अर्थ, ऊर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारीरूपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न उनले निर्देशन दिए ।
उनले सिमेन्ट उद्योग परियोजना विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिको अवलम्बन गर्न जोड दिए । प्रधानमन्त्री देउवाले ठूला पूर्वाधार निर्माणमा लगानी भित्र्याउन एवं परियोजना सहजीकरणमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र लगानी बोर्डको कार्यालयबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै अझ गतिशीलताका साथ अगाडि बढ्न आग्रह गरे ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवद्र्धन, परियोजना विकास, संस्थागत क्षमता विकास एवं साझेदारीलगायतका क्षेत्रमा भएका गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
पश्चिम सेतीको समझदारी-पत्र स्वीकृत, भारतीय कम्पनी एनएचपिसीलाई आयोजनाको जिम्मा
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
३ हप्ता अघि
सुझावित समाचार
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडाैं । आज मंगलबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरोलगायतको विनिमयदर घटेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायतको …
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
काठमाडाैं । नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकम…
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपै…
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदात…
डिप्रोक्स बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
काठमाडौँ/ स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल…