कल सेन्टरको नाममा अवैध धन्दा गरी सर्वसाधारणलाई ठगेको गुनासो बढिरहेका वेला प्रहरीले एकपछि अर्को कल सेन्टरमा छापा हानिरहेको छ ।
यसक्रममा प्रहरीले बुधबार काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको कल सेन्टरमा छापा हान्यो । त्यहाँबाट प्रहरीले चार चिनियाँ नागरिक पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकोको पहिचान खुलाएको छैन । तर, सबै पुरुष भएको जनाएको छ । त्यहाँबाट प्रहरीले ठूलो परिमाणमा मोबाइल सेल फोन, ल्यापटप नियन्त्रणमा लिई अनुसन्धानअगाडि बढाएको छ ।
तीन दिनअघि रुपन्देहीमा रहेको एक कल सेन्टरमा छापा हानेपछि भोलिपल्टै प्रहरीले काठमाडौं तीनकुनेस्थित स्काइ वर्ल्ड सर्भिसमा छापा हानेको थियो । रुपन्देहीमा छापा हान्दा एक भारतीय पक्राउ परेका थिए । उनले आफ्नो मालिक दुई चिनियाँ नागरिक रहेको बताएका थिए । भोलिपल्ट तीनकुनेबाट प्रहरीले एक चिनियाँ नागरिकसहित तीन दर्जनकाे संख्यामा पक्राउ गरेको थियो ।
कल सेन्टरमा लगातार छापा, ठमेलबाट चार चिनियाँ नागरिक पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
अमेरिकाले ‘डिपोर्ट’ गर्न थालेपछि फेरि बल्झियो भुटानी शरणार्थी समस्या
दिगो समाधानका लागि पहल गरिदिन नेपाललाई भुटानी शरणार्थीको आग्रह
मंसिर पहिलो साता एमालेको राष्ट्रिय भेला
४ पुसमा पालिका अधिवेशनको मिति तय
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु
यसपटक कुनै पनि प्यानल वा गुट छैन : गगन थापा
त्रिविले ल्यायो ३० अर्ब ८७ करोड ११ लाखको बजेट
परीक्षाको नतिजा महिना दिनमै सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
सिड्नीमा परराष्ट्रमन्त्री खनाल र न्यू साउथ वेल्सका प्रिमियर मिन्सबिच भेटवार्ता
सिड्नी/ न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।…
लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित
दाङ/ लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश …