कसैलाई दोषी करार गरेर बदला लिनुछैन : सांसद अधिकारी

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूहरूले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद अधिकारीले पूर्वअर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानुनहरूको पालना नगर्नु अक्षम्य रहेको बताए । उनले कानुन र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताए । 

सांसद अधिकारीले आफूहरूलाई कसैलाई दोषी करार गरेर बदला लिनुनपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने बताए । ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं,’ उनले भने, ‘सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुपर्यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनुछैन ।’ 

बुधबार बसेको प्रतिनिधिसभा बैठकले पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो । 

सुझावित समाचार