श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको पद परिवर्तन गर्ने सरकारको निर्णय

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए। 

उनले सरकारले वीरगन्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सब स्टेसनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यकाभित्रका प्रसारण लाइन तथा सब स्टेसनहरूमा संरचनात्मक सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, विभूषणमा प्रयाग हुने सुनको परिणाम घटाई बनावट हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको बताए। 

प्रवक्ता कार्कीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वेलाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने पनि निर्णय गरेको बताउनुभयो । 

सुझावित समाचार