प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ भने लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यी प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ । 

त्यस्तै, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
 

सुझावित समाचार