पाल्पा जिससमा प्रमुखसहित सबै पदमा एमालेको प्यानलै विजयी

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिती पाल्पाको प्रमुखमा नेकपा एमालेका टंकनाथ खनालसहित प्यानलै विजयी भएको छ । यसैगरी उपप्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा  निस्दिकाप्रताप सिंह थापा पूर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित भएका छन् । 

महिला सदस्यमा भविसरा सारू, विष्णु कँडेल, घिमिरे, वसन्ता ज्ञवाली र दलित महिला सदस्यमा केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत खड्गबहादुर केसीले बताए ।

विजेता प्रमुखसहित नेकपा एमालेका सबै उम्मेदवारहरूले ११ मत पाएका थिए भने गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार यमलाल तिमिल्सिनासहितको उम्मेदवारहरूले नौ मत पाएका थिए । 
     
 

सुझावित समाचार