पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– ४ रुवाखोलामा पुलबाट आज बिहान साढे चार बजे टिपर खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका– ६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग.१क ४४६९ नम्बरको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०–२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। रासस