२४ वर्षीया युवतीलाई जबर्जस्ती करणीमा संलग्न चार पक्राउ

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीले जबर्जस्ती करणीमा संलग्न चारजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– ६ बौद्धस्थित लुङ्ता गेस्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा संलग्न भएका काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटेल सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटेल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीनजनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । प्रहरीले घटना घटेको १६ घन्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।  

प्रहरीले पीडित युवतीलाई होटेलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका चारैजनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।     

 

See More On

सुझावित समाचार