चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण
चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

प्रतिकात्मक तस्बिर ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्।

गए राति ९ बजेको समयमा परेकाे चट्याङबाट सन्जापुका आशबहादुर गुरुङको गोठमा बाँधिएका तीनवटा भैँसी र एउटा राँगा मरेकाे हाे। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार चट्याङका कारण राँगा र भैँसी मर्दा दुई लाख ५० हजारबराबरको क्षति भएको छ ।

See More On

सुझावित समाचार