फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता अर्पण थापा र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहनेछ ।  

फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । नेपालबाट अस्ट्रेलिया जाने नेपालीको जीवनकथामा अधारित फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङलगायत रहेका छन् । अस्ट्रेलियामा छायांकन हुने चलचित्रको कथा सन्तोष अधिकारीले लेखेका हुन् भने पटकथा चे शंकरले तयार पारेका हुन् । 
 

सुझावित समाचार