चितवनमा घाँस काट्न जंगल गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाता तामाङको चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।