आर्थिक वर्ष ०७९/८० को आर्थिक वर्षको बजेटमा नेपालका महत्वपूर्ण धाम, मठमन्दिर र मूर्तिहरू एकैठाउँमा अवलोकन गर्न सक्ने गरी संग्रहालय निर्माण गर्ने घोषणा गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत नेपालका महत्वपूर्ण धामहरू मठमन्दिर तथा मूर्तिहरू एकैठाउँमा अवलोकन गर्न प्रतिरूप संग्रहालय निर्माण गर्ने घोषणा गरेका हुन्।
त्यस्तै, सगरमाथा क्षेत्रका पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्कने पर्यटकीय केन्द्र स्थापना गर्ने, ५ सय वर्षभन्दा पुराना हिमाली गुम्बाहरूको संरक्षणका लागि काठमाडौंमा नेवा संग्रहालय, पोखरामा गुरुङ मौलिक संग्रहालय स्थापना गर्न बजेट विनियोजन गरिएको छ।