गुडिरहेको ग्यास बुलेटमा आगलागी : आगो नियन्त्रणमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण
गुडिरहेको ग्यास बुलेटमा आगलागी : आगो नियन्त्रणमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

तस्बिर : रवीन दाहाल

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा गुडिरहेको ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा लिइएको छ। श्रीराम ग्यासको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको गुडिरहेको बुलेटमा लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ग्यास बुलेटको  क्याबिन र अगाडिको टायर जलेको छ भने कुनै मानवीय  क्षति भएको छैन। आगो नियन्त्रणमा लिइएसँगै अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ।

See More On

सुझावित समाचार