आयल निगमको भलबारीस्थित डिपोमा दुई ट्यांकरमा आगलागी

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा दुई ट्यांकरमा आगलागी भएको छ। लुम्बिनी प्रादेशिक कार्यालयभित्रको डिपोबाट डिजेल लोड गरेर निस्कने क्रममा लु.२ख २६५६ र लु.२ख ५६८५ नम्बरको  ट्यांकरमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

तिलोत्तमा, बुटवल र भैरहवाबाट गएका दमकलले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए। आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  डिजेल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति भएको छ।

See More On

सुझावित समाचार