चंखेलीका नवनिर्वाचित अध्यक्ष शाहीको पहिलो योजना– गाउँपालिकाकाे आफ्नै भवन बनाउने

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले पालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन्। आफ्नो पहिलो योजनाअनुसार उनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका कार्यालय भाडाको घरमा थियो।

नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नै पालिकाको भवन निर्माण गरी छिट्टै त्यहीँबाट पालिकाको काम गर्ने बताए। ‘चंखेली गाउँपालिका मेरै कार्यकालमा फरक बनाएर देखाउँछु,’ उनले भने, ‘जनताले मलाई न्याय गरेर निर्वाचित गरेका छन्। सधैँ जनताको पक्षमा काम गरेर चंखेली गाउँपालिकाकाे विकासको निम्ति सदैव अघि बढ्ने छु।’

सुझावित समाचार