उत्साहपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले मतदाताले उत्साहपूर्ण ढंगले सक्रिय सहभागिता जनाउनुले राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको उल्लेख गरे ।

 प्रधानमन्त्री देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । मतदान कार्यमा अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र पत्रकारलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । 

Please wait while image is uploading...

सुझावित समाचार