मुगुमा व्यक्तिका नाममा रहेका हातहतियार प्रशासनमा अझै बुझाइएन

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण
मुगुमा व्यक्तिका नाममा रहेका हातहतियार प्रशासनमा अझै बुझाइएन

फाइल फाेटाे

जिल्लामा व्यक्तिगत नामका इजाजत प्राप्त १२ वटा हातहतियार अझै प्रशासनमा बुझाइएको छैन । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले पटकपटक सूचना गरी हातहतियार सुरक्षा निकायलाई बुझाउन आग्रह गरिए पनि हालसम्म कसैले हातहतियार नबुझाएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रजिअ महतका अनुसार मुगुमा व्यक्तिगत रूपमा इजाजत प्राप्त विभिन्न प्रकृतिका १२ वटा हातहतियार रहेको तथ्यांक छ । भरुवा बन्दुक, बाह्रबाेरलगायतका हतियार रहेको र पटकपटक सूचनामार्फत ताकेता गर्दा पनि कसैले नबुझाएको उनको भनाइ छ । यदि त्यस्ता हतियार कहीँ–कतै दुरुपयोग भएको अवस्थामा कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । उक्त हतियारहरू हालसम्म नवीकरणसमेत नगरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । नवीकरण नगरिएकाले  हतियार अवैध मानिने उनको भनाइ छ । 

वैशाखको पहिलो सातासम्म व्यक्तिगत नाममा राखिएका हातहतियार बुझाउन निर्देशन गरिए पनि अझै प्रशासनमा बुझाइएको छैन ।

सुझावित समाचार