काठमाडौं ट्र्यास कलेक्सन रेस २०२२ मा कुमारी जबको सहकार्य

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण

मैनादेवी फाउन्डेसनले शनिबार ‘काठमाडौं ट्र्यास कलेक्सन रेस २०२२’ सम्पन्न गरेको छ । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करिअर पार्टनरका रूपमा हातेमालो गरेको थियो । चार सयभन्दा बढी युवाहरूको उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । 

दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक पाँचवटा टिमलाई १० हजार पुरस्कार र पदक प्रदान गरिएको थियो । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल ब्वाइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारू, टिम खबटबाट प्रेमप्रकाश खड्का र जस्विन भाट, टिम पिसफुल डोभबाट सबिन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट विनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए ।

रेसमा एक हजार किलोभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ । यसका साथै कुमारी जबले अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गरेको थियो, जसका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरूको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत केही दिनपछि गरिनेछ ।

दौडमा सहभागी युवाहरूलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक सन्देश भण्डारीले योग्य र क्षमतावान् युवाहरूलाई उचित अवसर प्रदान गर्न सदैव तत्पर रहेको बताए । कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, पूर्वएआइजी सर्वेन्द्र खनाल, काठमाडौं महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त, पत्रकार राजेन्द्र बानियाँ, कार्टुन्ज क्रुलगायतको उपस्थिति थियो । 

सुझावित समाचार