जाल्पाको सेयरमा झुम्मिए लगानीकर्ता

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

सातामा ३० दशमलव ७२ अंकले उक्लियो नेप्से परिसूचक

गत साता पाँच दिन कारोबार भएको सेयर बजारमा नेप्से परिसूचक ३० दशमलव ७२ अंकले उकालो लागेको छ । नेप्से सूूचक दुुई हजार तीन सय ५६ दशमलव १७ बिन्दुुमा पुगेर बन्द भएकोे छ । यस साता नेप्से परिसूूचक दुुई हजार चार सय ४३ दशमलव ९५ को उच्चतम बिन्दुु र दुुई हजार तीन सय ३१ दशमलव ५१ बिन्दुुको न्यूनतम बिन्दु रहेको थियो । साताभर नेप्सेले एक सय १२ दशमलव ४४ बिन्दुुको अस्थिरता देखाएको थियो ।

अघिल्लो साता परिसूचकले एक सय ५० दशमलव ४२ अंकको अस्थिरता देखाएको थियो । अघिल्लो साताको तुलनामा यस साता लगानीकर्ताले करिब एक अर्बबराबरको लगानी बढाएका छन् । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले स्थानीय चुनावको माहोलका कारण गति लिन सक्ने विश्वासले पनि बजारप्रति लगानीकर्ता आकर्षित भएका छन् । 

वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको अवस्थामा चुनावी खर्च वित्तीय प्रणालीमार्फत हुने र त्यसले तरलतामा केही सहजता ल्याउने आकलन लगानीकर्ताले राख्दै आएका छन् । जसको प्रभाव पनि बजारमा देखिन थालेको छ । साथै, ब्रोकरमार्फत प्रवाह हुने मार्जिन कर्जालाई सहज बनाउने वातावरण बनेमा बजारले गति लिन सक्ने आकलन लगानीकर्ताको छ ।   

हप्ताको सुुरुवातको दिन उच्च अंकले बढेको बजारसँगै लगानीकर्ताले लगानी थप बढाएका थिए । यसले सातामा औसत कारोबार एक अर्ब ६८ करोड रुपैयाँले बढेको देखिन्छ । अघिल्लो हप्ता सात अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा यस हप्ता आठ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ  ।

यस हप्ता सबैभन्दा धेरै रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्टिलरीको २६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको २५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

यस हप्ता जाल्पा सामुुदायिक लघुुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै नाफा आर्जन गरेका छन् । अघिल्लो हप्ताको तुुलनामा उक्त संस्थाका सेयरधनीहरूले ६१ प्रतिशतले नाफा आर्जन गरेका हुन् । अघिल्लो हप्ता संस्थाको सेयर मूल्य सात सय ९ दशमलव सात रहेको थियो भने हाल संस्थाको सेयर मूल्य ११ सय ४२ दशमलव ६० पुुगेर यसबीचमा चार सय ३२ दशमलव ९० को फरक देखा परेको छ ।

नेपाल फाइनान्सले १४ दशमलव ६१ प्रतिशतले नाफा आर्जन गरेको छ भने राधी विद्युुत् कम्पनीले १३ दशमलव ८६ प्रतिशतले नाफा आर्जन गरेको छ ।यस हप्ता सबैभन्दा बढी गुुमाउनेमा नेस्डो समृद्ध लघुुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर पाँच दशमलव २ प्रतिशतले घटेको छ भने युुनियन लाइफ इन्स्योरेन्स कम्पनीको चार दशमलव ८ प्रतिशतले घटेको छ भने शिवम् सिमेन्टको दुुई दशमलव ६ प्रतिशतले घटेको छ ।

यस हप्ता फाइनान्स समूूहको सूचक ५ प्रतिशतले बढेको छ भने म्युुचुुअल फन्ड समूूहको तीन दशमलव ७३ प्रतिशतले नाफा बढेको छ । त्यस्तै, जलविद्युुत् र विकास बैंक समूूहको सूूचक पनि यस साता ३ प्रतिशतले बढेको छ ।
 

सुझावित समाचार