कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने (स्थान र मितिसहित)

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसले सातै प्रदेशमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित आमसभा गर्ने भएको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार आगामी २१ वैशाखदेखि २७ वैशाखसम्म आमसभा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने उनले जानकारी दिए । 
आमसभा हुने स्थान र मिति 
मोरङ    — २०७९ वैशाख २१ गते
धनुषा    — २०७९ वैशाख २२ गते
काठमाडौं    — २०७९ वैशाख २३ गते
कास्की    — २०७९ वैशाख २४ गते
रुपन्देही    — २०७९ वैशाख २५ गते
सुर्खेत    — २०७९ वैशाख २६ गते
कैलाली    — २०७९ वैशाख २७ गते 
 

सुझावित समाचार