जितपुर–सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाले केन्द्रीय तहमा भएको गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गठबन्धनमा रहेका जितपुर–सिमरा उपमहानगरस्तरीय बैठकबाट उक्त निर्णय भएको जिल्लामा गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका जिल्ला सभापति छविलाल शर्माले जानकारी दिए।
जसपाबाट सोहन शर्मा र जनमोर्चाका तर्फबाट शेरबहादुर कार्कीको उम्मेदवारी परेको थियो। यसैगरी, गठबन्धनको मर्मअनुरूप पालिकाभित्रका वडा तहमा आ–आफ्ना उम्मेदवारलाई सघाउँदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निर्णयसमेत गरेका छन्।
बैठकले निर्वाचन सम्पन्न भएपश्चात् कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जसपा र एकीकृत समाजवादीबाट एक–एक सदस्य मनोनीत गर्ने निर्णयसमेत गरेको छ।