हालसम्म दुई लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण

सरकारले हालसम्म दुई लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म दुई लाख ३० हजार पाँच सय २७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन्।

उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगबाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन्। राहदानीसम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागिपरेको उनले बताइन्। राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि प्रवक्ता लम्सालले जानकारी दिइन्।

सुझावित समाचार