नबिल बैंकको शाखा मालेपाटनमा

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित मालेपाटनमा आइतबारदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले उद्घाटन गरे। उद्घाटनपछि नेपालीले बैंक तथा बित्तीय क्षेत्रहरूले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्नुपर्नेमा जोड दिएका थिए। कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागतयोग्य भएको बताए।

बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरूका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन्। उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको र थप विस्तार गर्ने योजना सुनाइन्।

बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ वर्षदेखि ग्राहकहरूकै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए। बैंकका १ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए।

सुझावित समाचार