रसुवाका स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थाले

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाका स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका हुन् ।

बिहीबार आमाछोदिंमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नविना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका हुन् । उनीहरू नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् । 

त्यसैगरी जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । वैशाख ११ गतेअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने तयारी गरिरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा लागेका छन्। जिल्लामा ५ वटा गाउँपालिकाअन्तर्गत २७ वटा वडा रहेका छन् । 
 

See More On

सुझावित समाचार